Nepali | Essay Writing
आर्थिक विकासमा जलस्रोतको भूमिका
Nibandha (निबन्ध)
Role of Water Resources In Economic Development of Country
For: Nepali Students
Language Medium: Nepali
आर्थिक विकास भन्नाले कुनै पनि मुलुकको आर्थव्यावस्थामा आएको सकारात्मक परिवर्तनको प्रक्रिया भन्ने बुझिन्छ भने जलस्रोत भन्नाले पनि निरन्तर रुपमा उपलब्ध भइरहने स्रोतहरु भन्ने बुझिन्छ। आर्थिक विकास भन्नाले भौतिक संरचनाहरुको विकासका साथसाथै सामाजिक कल्याण जस्तै शिक्षा, स्वास्थ्य, सन्चार, सरसफाई आदीमा भएको गुणात्मक तथा परिमाणत्मक परिवर्तन भन्ने बुझिन्छ । जलस्रोत मुलुकमा उपलब्ध साधन र स्रोत मध्य एक हो। जलस्रोतको समुचित उपयोग गर्न सके आर्थिक विकास गर्न सहज हुन्छ।
आर्थिक विकास गर्नका लागि शिक्षा, स्वास्थ्य, सन्चार, यातायात, कृषि, अनुसन्धान तथा प्रविधिजस्ता छेत्रको सर्वाङगीण विकास हुनु आवश्यक छ। कृषि क्षेत्रमा सिचाई कार्यमा जलस्रोत उपयोग गरि अत्यधिक उप्पादन गरि आर्थिक विकास गर्न सnकिन्छ। यातायातमा डुंगा तथा र्याफ्तीङ सन्चालन गरि अर्थोपार्जन गर्न सकिन्छ। बिज्ञान तथा प्रविधिका क्षेत्रमा पनि जलबिधुत उत्पादन गरि अनविकिरणीय उर्जाको आयतलाई रोक्न सकिन्छ र बढी उत्पादन गरेर अर्थोपार्जन गर्न सकिन्छ। विभिन्न बिकसित देशहरुले आणविक हतियारको परिक्षण समेत पानीका स्रोतमै गर्ने गरेका छन्। जसबाट भावी अनुसन्धानको रणनिति तय गर्न सहज बाताबरण सिर्जना हुन सक्छ / पनिघाट्ट, पनिधिकी, साना तथा अन्य परम्परगत घरेलु उधोगहरु सन्चालन गर्न पनिनै उपयोग गरिन्छ। पानिनै प्राणीको बाच्ने आधार हो। पृथ्वीमा बिधमान जीवनहरु आर्थिक रुपमा मानिससंग अन्तरसम्बन्धित छन्। त्यसैले आर्थिक विकासमा जलस्रोतको अहम् भूमिका रहेको छ। यि फाइदाहरुका साथै जलस्रोतका आर्थिक बिकासमा केहि नकारत्मक असरहरु पनि रहेका छन्। बाढी, पहिरो, भूक्षय तथा सामुद्रिक आधीले पुर्याउने धनजनको क्षति तथा पुनर्निर्माणमा लाग्ने खर्चले आर्थिक बिकासमा बाधा पुर्याउँछन्।
आर्थिक विकासमा जलस्रोत पुर्याउने बाधाहरूलाई न्यनिकरण गर्न सकिएमा र जलस्रोतको अधिकतम उपयोग गर्न सकिएमा हाम्रो जस्तो जलस्रोतको धनि देशका लागि आर्थिक विकास सहजै गर्न सकिन्छ।